मृत्युशय्याबाट जागेर अखिलको महासचिवमा नरेशको जीत

काठमाडाैं | फागुन ५, २०७९

मृत्युशय्याबाट जागेर अखिलको महासचिवमा नरेशको जीत

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । 

 

विद्यार्थी राजनीतिमा ०५६ सालदेखि सुदूरको बाजुराबाट पाइला चालेका रोकाया पोखरामा चर्चित बन्दै राजधानीबाट कोर नेतृत्वमा पुगेका छन् । त्यसो त साथीहरुले रोकायालाई ‘मरेर बाँचेको योद्धा’ भन्छन् । 

 

यसरी मरेर बाँच्नुमा ०६६ पुस ४ गतेको साँझलाई सम्झनुपर्छ । क्याम्पसको छात्रावासमा अखिल क्रान्तिकारीको समूहबाट निर्घाट कुटिएर उनी सेतीको खोंचमा फालिएका थिए । 

 

बाँच्ने आश मारिसकेका रोकायालाई अँध्यारोमा खाे‌चबा६ प्रहरीले उद्धार गरेपछि उपचारार्थ अस्पताल लग्यो । पोखरामा बचाउन नसकिने भएपछि राजधानी पु¥याइएका रोकाया त्यसपछि ८ महिना ह्विलचेयर र बैशाखीको सहारामा बिताएपछि पुनः विद्यार्थी राजनीतिमा फर्किएका हुन् । 

 

रोकाया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय कमिटी महासचिवमा निर्वाचित भए । तर रोकायालाई महासचिवमा निर्वाचित हुन सजिलो भने भएन । अध्यक्ष मण्डलले महासचिव पद सहमतिमा टुंग्याउन खोजेपछि उनले बिहीबार विद्रोह नै गर्नुप¥यो । 

 

फलतः बाध्य भएर मतदान भएपछि रोकायाले ७ सय ३३ मत प्राप्त गरी विजयी भए । जीतपछि सुनगाभा न्यूजसँग रोकायाले भने ‘मेरो जीत समग्र विद्यार्थी आन्दोलनको जीत हो ।’ 
 

 

अबको विद्यार्थी राजनीतिको एजेण्डाबारे खुलस्त पार्दै रोकायाले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिको महाअभियानमा अखिलको शक्ति केन्द्रित हुने उनले जनाए । महासचिव रोकायाले भने ‘हामी गुणस्तरीय शिक्षाको आन्दोलनमै छौं, तर आन्दोलन रचनात्मक हुनेछ, अब हिँसा चल्दैन ।’

 

त्यस्तै, स्ववियु निर्वाचनमा पनि केन्द्रिय कमिटी खट्ने रोकायाले उल्लेख गरे । 

 

‘हामी ०२२ सालदेखि प्रमुख विद्यार्थी शक्ति हौं’ रोकाया भन्छन् ‘अब हुने स्ववियु निर्वाचनमा हामी आफ्नो विरासत जोगाउने छौं ।'
 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्